सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

२०७९ आश्विन १९, बुधबार ०६:५० बजे

काठमाडौं  : सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ । जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार