राष्ट्रपतिको दसैँ शुभकामना- राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

२०७९ आश्विन १९, बुधबार ०६:२२ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा सम्पूर्ण देशबासीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपतिले दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको बताएकी छन् । यसप्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिको रहेको छ ।

‘बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस्’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार