गुल्मी आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना

२०७९ आश्विन १९, बुधबार ०७:३३ बजे

गुल्मी : बुटवलबाट गुल्मीको अर्जै छाप आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मंगलबार राति पौने दुई बजे लु१ज ४४४८ नम्वरको जीप रेसुंगा नगरपालिका ४ रागेढुंगा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जीप चालक इस्मा गाउँपालिका ६ अमरपुर निवासी २६ वर्षीय बेले नामले चिनिने कृष्ण बहादुर सुनार र बुटवल १४ बस्ने अमरपुर माइतीघर भएकी ३५ वर्षिय देवकला अर्याल घाइते भएका छन्।

गाडी चालक सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए। जीपमा दस जना सवार थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार