सन्धिखर्क-गोरूसिंगे सडक अवरुद्ध

२०७९ आश्विन १९, बुधबार १०:४७ बजे

काठमाडौँ : गए रातिदेखि परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरूसिंगे सडक खण्डको घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दशैंमा जिल्ला बाहिरबाट घरमा आउने यात्रु अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्दा सडक बिहानैदेखि अवरुद्ध भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

स्थानीय तहसँगको समन्वयमा पहिरो हटाउन पहल भइरहेको उनले बताए । रातिदेखि परेको वर्षा अहिले पनि जारी छ, जसका कारण दशैंको टीका थाप्न घरमा आउजाउ गर्न समस्या भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार