दसैंमा सनराईज बैंकको निःशुल्क बस सेवा

२०७९ आश्विन १९, बुधबार १०:१७ बजे

काठमाडौं : सनराइज बैंकले १५ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क बस सेवा प्रदान गरेको छ । दशैंमा काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा आजबाट सुरु गरेको जनाएको छ ।

बैंकले साझा यातायातसंग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निःशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।

बैंकले असोज २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार