ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

२०७९ आश्विन १९, बुधबार १८:०७ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिएकी छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार