साधना म्युजिक ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ राईलाई

२०७९ श्रावण २१, शनिबार ०७:४९ बजे

काठमाडौं : ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल उदेश्यका साथ अवार्ड आयोजना गरि स्रष्टा सर्जकहरूलाई सम्मान र प्रोत्साहन गर्दै आईरहेको संस्था सामना म्युजिक क्रियसन ले यस पटक सम्पन्न गर्न लागेको तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड ) २०७९ मा विशिष्ट गायक तथा संगितकार जीतेन राईलाई नगद राशी सहित “लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९” प्रदान गरिने भएको छ।

नेपाली गित संगितको मौलिकता, संरक्षण र प्रवर्द्धनमा गायन तथा गीत संगितको माध्यमबाट योगदान पुर्याउनु भएको भन्दै उक्त सम्मान दिन लागिएको संस्थाकी अध्यक्ष साधना शाहले जानकारी दिइन् ।

पहिलो र दोस्रो अवार्ड भव्य रुपमा सम्पन्न गरिसकेको यस संस्थाले यस अगी पनि वरिष्ठ गायीका तीर्थ कुमारी थापा, विशिष्ट गायक कृष्ण भक्त राई जस्ता अग्रज कलाकारहरुलाई यस्तो सम्मान गरिएको अध्यक्ष शाहले बताइन् ।

उत्कृष्ट ५ को मनोनयनमा परेका श्रस्टाबाट सर्वोत्कृष्ट कलाकारलाई नगद राशि सहित अवार्ड दिने कार्यक्रम एक भव्य समारोहका बीच छिट्टै हुने आयोजकले जानकारी दिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार