६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

२०७९ श्रावण २१, शनिबार १३:५० बजे

काठमाडौं : ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ ।

‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता आएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार