नारायणी नदीमा बाढीले सतर्कताको तह पार गर्यो

२०७९ आश्विन २०, बिहीबार ०६:३३ बजे

काठमाडौं : अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार