स्कुटर दुर्घटना हुँदा एमाले नेतृ चौधरीको मृत्यु

२०७९ आश्विन २०, बिहीबार ०५:५१ बजे

काठमाडौँ : नेकपा एमाले रुपन्देहीकी युवा नेतृ झरना चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी २१ वर्षीया चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालका अनुसार लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ की वडा सचिव थिइन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि थिइन् । घरमा दसैँको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार