काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

२०७९ आश्विन २०, बिहीबार ०९:५४ बजे

भैरहवा : भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार