बारा बस दुर्घटनामा मृतक ११ जनाको सनाखत

२०७९ आश्विन २०, बिहीबार १६:५३ बजे

बारा : बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ 

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।

यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका–१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका–२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका–१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको छ । चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार