मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

२०७९ श्रावण २२, आईतवार ०७:४३ बजे

काठमाडौं : स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार