यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

२०७९ श्रावण २२, आईतवार ०८:१२ बजे

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आइतबार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३२५, आँप मालदह २९० रुपैयाँ प्रति केजी र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती २३६ रुपैयाँ ६७ पैसा, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार