पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याइने

२०७९ श्रावण २२, आईतवार २१:२८ बजे

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ । आज बसेको नेपाल उड्डयन प्राधिकरण ९क्यान०को सञ्चालक समितिको बैठकले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा क्यानको सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले जनवरी १ देखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको क्यानले जनाएको छ

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीयस्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।

यो विमानस्थलमा वाइडबडी विमानको सट्टामा १८० सिट क्षमताका न्यारोबडी विमान सञ्चालन गरिने छ । साँघुरो उपत्यका भएकाले वाइडबडी विमानहरू सञ्चालनमा समस्या आउने हुँदा प्राविधिक कारणले न्यारोबडी विमान मात्रै यस विमानस्थलमा चल्ने बताइएको छ ।

यस्तै, यस विमानस्थलमा नेपालकै पहिलोपटक कंक्रिटको धावनमार्ग बनाइएको छ । जसमा छिटोछिटो धावनमार्ग सञ्चालन गर्नुपर्ने सरकारी पक्षको जिकिर छ । सरकाले आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको र यसको निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ । तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा कोरोना महामारीको प्रभाव परेको थियो । जसले गर्दा आयोजनाको निर्माण सम्पन्न हुन केही ढिलाई भएको क्यानले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार