तेल डिपोमा चट्याङ लाग्दा भयानक विस्फोट, एकको मृत्यु

२०७९ श्रावण २२, आईतवार २१:४७ बजे

काठमाडौं : शहरको राजधानीमा रहेको तेल डिपोमा चट्याङ लागेको छ । यो क्युबाको राजधानी हवानाबाट १०० किलोमिटर टाढा रहेको मतन्जस शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी हुँदा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन् । आगो निभाउन प्रयोग भएका १७ अग्नि–नियन्त्रकहरु हराइरहेको रिपोर्ट आएको छ । चट्याङपछि लगत्तै ४ ठूलठूला विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

एक अधिकारीका अनुसार पेट्रोल ट्याङ्कीमा चट्याङ लागेर आगलागी सुरु भएको थियो । खराब मौसम र तिव्र बगिरहेको हावाका कारण आगो छेउका अन्य ट्याङ्कीमा फैलिन पुग्यो । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली आगो निभाउन खटिएको थियो । क्युबाली मिडियामा आएको खबर अनुसार पहिलो आगो लागेको ट्याङ्कीमा २६ हजार घनमिटर कच्चा तेल थियो । दोस्रो ट्यांकीमा ५६ हजार घनमिटर इन्धन थियो ।


दुर्घटनामा परी घाइते भएका १२० भन्दा बढी व्यक्तिमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए । मिडिया रिपोर्ट अनुसार आगलागी यति भयावह बनेको थियो कि आसपासका क्षेत्रबाट करिब १९०० मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

ठूलो आगजनी नियन्त्रणमा लिनको लागि क्युवाली सरकारले छिमेकी राष्ट्रहरूसँग सहयोग मागेको छ । मेक्सिको र भेनेजुएलाले आफ्ना अग्निनियन्त्रक टोलीहरू क्युबा पठाएको छ । अमेरिकाले पनि प्राविधिक सल्लाह दिएको छ ।
क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानालले सहयोगका लागि मेक्सिको, भेनेजुएला र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।


मुलुकमा इन्धनको गम्भीर संकट
क्युबा पछिल्लो समय गम्भिर इन्धन संकटसँग जुधिरहेको छ । दैनिक लामो लोडसेडिङ नियमितको दैनिकी भईसकेको छ । केही स्थानमा १२ घण्टासम्म बिजुली जाने गरेको छ । यस्तो अवस्थामा तेल डिपोमा लागेको आगजनीले स्थिति थप बिगार्न सक्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार