जानाजान् रात पारेर ११ बजे होटल पुर्यायो : पीडित नावालिग

२०७९ भाद्र २२, बुधबार १२:१५ बजे

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जानाजान रात पारेर आफूमाथि बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष वयान दिएकी छन् । हाल क्यारेवियन लिग खेल्न देश बाहिर रहेका कप्तान लामिछानेबिरुद्ध पीडित भनिएकी नाबालिग किशोरीले मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बलात्कार गरेको पीडितकाे भनाइ छ । प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लाे दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए । त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताइएको छ ।

होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् । उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बलात्कार गरेको पीडितले प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ । प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार