देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

२०७९ आश्विन २१, शुक्रबार ०९:२७ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण बिहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् ।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन ।

बिहीबार बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो । गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरूलाई स्ट्यान्ड बाइ बस्न भनिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार