बारा बस दुर्घटना अपडेट: मृतकको संख्या १७ पुग्यो, सबैको सनाखत

२०७९ आश्विन २१, शुक्रबार १०:०१ बजे

बारा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगन्ज सडकखण्डमा बिहीवार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको प्रहरीले जनाएको छ ।

गएराति मृत्यु हुनेमा बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुने अन्य सबै जनाको सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।

त्यसैगरी चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवी चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर, बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार