कतार मेरो अन्तिम विश्वकप : मेस्सी 

२०७९ आश्विन २१, शुक्रबार १०:१० बजे

काठमाडौं : अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।ल्याटिन अमेरिकी मिडिया स्टार प्लससँग कुरा गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप हुने बताएका हुन् ।

कतार विश्वकप सुरु हुन दुई महिना पनि बाँकी छैन । तर प्रतियोगिता सुरु नहुँदै मेस्सीले खास खुलासा गरेका छन् । अर्जेन्टिनालाई यस विश्वकपको उपाधिको दाबेदार टिम मानिएको छ । सन् २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिना विश्वकपको उपाधि दाबेदार टिम बनेको हो । अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित समेत रहेको छ ।

मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन् । उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन् । मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार