कास्कीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

२०७९ आश्विन २१, शुक्रबार ०८:१९ बजे

कास्की: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो 

३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना  गरिएको हो । उक्त कार्यालयले ३ नम्बर निर्वाचन क्षेत्रको निर्वाचन गराउने छ ।

त्यसै गरी क्षेत्र नम्बर १ को कार्यालय पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक र क्षेत्र नम्बर २ को कार्यालय पोखरा सभागृहमा खोलिएको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार