कुलेखानी जलासयमा पानीको सतह बढ्यो

२०७९ आश्विन २१, शुक्रबार ११:३४ बजे

हेटौंडा : लगातार ३ दिनदेखिको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -१ स्थित कुलेखानी जलासय (इन्द्रसरोवर ताल) मा पानीको सतह बढेको छ ।  जलासयमा पानीको सतह १ हजार ५२०.८६ मिटरमा पुगेको कुलेखानी जलविद्युत आयोजना प्रथम मकवानपुरले जनाएको छ ।  

बिहीबार साँझसम्म कुलेखानी जलासयको पानीको सतह तीव्र दरमा बढिरहेको छ । प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको सतह बढिरहेको आयोजनाले जनाएको छ ।  

करिब १८ घण्टाको अवधिमा १ मिटर २ सेन्टिमिटर पानीको सतह बढेको र यही दरमा पानीको सतह बढे १५ दिनमा जलासय भरिने आयोजनाले जनाएको छ ।  कुलेखानी जलासयमा गत वर्ष ३० कात्तिकमा १ हजार ५२९ मिटरसम्म उच्च तहको पानी मापन गरिएको थियो । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार