वीरेन्द्रनगर जलमग्न,सतर्कता अपनाउन अपील

२०७९ आश्विन २१, शुक्रबार १२:५० बजे

सुर्खेत : तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यका जलमग्न भएको छ । उपत्यकामा रहेका खहरे खोलाहरुमा पानिको बहाव बढेको छ । उपत्यकाको तल्लो भाग जलमग्न हुँदा स्थानीय नागरिकहरूले सुरक्षित स्थानका लागि घर थाड्न थालेका छन् ।

वीरेन्द्रनगर उपत्यकामा रहेका नेवारेखोला, इत्रामखोला, झुप्राखोलाका साथै भेरीगंगाको छिन्चुखोलालगायतका खोलाहरू पानीको बहाव पढिरहेको छ । र, ती खोला नजिकका स्थानीय वासिन्दाहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।

उपत्यकामा बाढीबाट डुवान हुने र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकोले सतर्क हुन आग्रह गरिएको छ। अहिलेसम्म कुनैपनि मानवीय क्षति भएको छैन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार