छाडिन् गंगा चौधरीले एमाले, दाङ १ बाटै स्वतन्त्र चुनाव लड्ने

२०७९ आश्विन २१, शुक्रबार १७:२६ बजे

काठमाडौं : नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । विहीबार फेसबुकमा एक स्टाटस लेख्दै चौधरीले पार्टीले टिकट नदिने देखेपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’ उनी यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार