जसपाका निवर्तमान प्रदेश सांसद लोसपामा प्रवेश

२०७९ आश्विन २१, शुक्रबार १८:४२ बजे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन् । ०७४ मा महोत्तरी ४ (क) बाट निर्वाचित सांसद कौशल यादव लोसपामा प्रवेश गरेका  हुन्। 

संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गरे । त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार