आज पनि बडादसैँको टीका लगाउने क्रम जारी

२०७९ आश्विन २२, शनिबार ०६:२५ बजे

काठमाडौं : आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। 

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

साथै दसैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ ।  

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार