खोलाले बगाएर पाल्पामा एकजना बेपत्ता

२०७९ आश्विन २२, शनिबार ०९:०२ बजे

पाल्पा : खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् । निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बताएका छन् । 

उनको खोजीका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि शनिबार बिहानसम्म उनको अवस्था पत्ता नलागेको पाल्पा प्रहरीले जनाएको छ । 
 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार