जुम्लाको स्याउलाई बजारीकरण गर्न स्याउ महोत्सव

२०७९ भाद्र २६, आईतवार १६:३३ बजे

जुम्ला : जुम्लाको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने भएको हो ।

सम्मेलन मार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ ।

जुम्ली लोकल जातका स्याउको बजार प्रबर्द्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको छ ।

यस वर्ष राष्ट्रिय कलाकारसहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको छ ।

महोत्सवमा कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्नेछन् । उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ ।

यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार