नेपाल आउन भनेर हिंडेका सन्दीप लामिछाने फरार

२०७९ भाद्र २६, आईतवार २०:२१ बजे

काठमाडौं : बलात्कार आरोप लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भागेका छन् ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

लामिछानेले नेपालको कानुन मान्ने भन्दै आरोपको सामना गर्न तयार हरेको बताएका थिए । तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी अन्यत्रै भागेको आशंका गरिएको छ । लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्यागमन सुरक्षा कार्यालयले जनाएको छ । तर, उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ ।

नेपाल आएलगत्तै फक्राउ गर्न उनलाई कालो सूचीमा राखिएको अध्यागमन सुरक्षा अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार सुरक्षा निकायलाई अलर्ट राखिएको छ । प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।

लामिछानेमाथि १७ वर्षीया किशोरीलाई जर्बस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत मंगलबार पाीडितका तर्फबाट गौशाला प्रहरीमा जाहेरी दर्ता भएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ ।

प्रमाणका रुपमा प्रहरीले उनी किशोरीसहित बसेको नगरकोट र काठमाण्डुको होटलका सिसिटिभी दृष्य संकलन गरिसकेको छ । लामिछानेलाई क्यानले बिहीबार निलम्बन गरेको थियो ।

यो पनि पढ्नुहोस

लामिछानेलाई अध्यागमनले राख्यो कालोसूचीमा

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार