इण्डियन स्कूलको बसले ठक्करदिदा सशस्त्र प्रहरी ठहरै

२०७९ मंसिर २५, आईतवार ११:२७ बजे

स्कूल बसको ठक्करबाट अहिले भर्खरै एक जना सशस्त्र प्रहरीको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गणअगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेला (आइडी नम्बर ५३८३१) को ज्यान गएको हो ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क१६१२ नम्बरको बसले सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हलचोकमा कार्यरत बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल,बल्खु लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त सवारी साधन र चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त,कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार