भुजुङमा गुन्जिए रामकृष्ण ढकाल

२०७९ मंसिर २५, आईतवार ११:३० बजे

लमजुङ : लमजुङको पर्यटकीय गाउँ भुजुङबाट शुक्रबार साँझ बेंसीसहर झर्दै गर्दा उनले लमजुङ, अन्नपूर्ण, मनास्लुलगायत दर्शन हिमशृंखलालाई नियालेका थिए ।

राति ९ बजिसकेको थियो । चिसो बढ्दै थियो । दर्शक गायक रामकृष्ण ढकालको प्रतीक्षामा थिए । उद्घोषक रविन कटवालले बोलाएपछि उनी मञ्चमा उक्लिए । दर्शकदीर्घाबाट ताली बज्यो । चिसो मौसम, अँधेरी रातमा ढकालले केही भूमिका बाँध्दै सुरु गरे, ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्…….।’

विपिन कार्क , वर्षा शिवाकोटी ,राजेश हमाल , दीपक विष्ट लगायत ख्याातप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षाअधिकारी, व्यापारीलगायत करिब २ सय जनालाई एकअर्कासँगै बसेर रमाउने मौका स्पार्क गुप्र अफ कम्पनीले दिएको थियो ।

यो ग्रुपले पर्यटकीय गाउँ भुजुङको होमस्टे र महसिकारलाई अवलोकन गराएर बेंसीसहरमा शुक्रबार राति रामकृष्ण ढकाल साँझको आयोजना गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार