डिशहोममा रिचार्ज गर्दा भक्तपुरका दिपाले जितिन् नगद एक लाख

२०७९ मंसिर २५, आईतवार १०:४३ बजे

काठमाडौं : एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।  

यसै क्रममा भक्तपुर मध्य ठिमी वडा नं. ६ का दिपा तामाङले एक लाख जितेकी छिन् । स्टोम नेटवर्क प्रा.लि डिलर अन्तर्गत रहेको मध्यपुर डिसहोम सपका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीबाट पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।  डिशहोम डीटीएचका ग्राहकहरुले यो योजनामा सहभागी भएर लाभ लिने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार