हिरा काजी थापा र नागेन्द्र श्रेष्ठको सहकार्यमा ‘लुखुर लुखुर’ आउँदै

२०७९ मंसिर २५, आईतवार १२:०३ बजे

काठमाडौं : बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र बरिष्ठ गीतकार हिरा काजी थापाको सहकार्यमा अर्को सांगीतिक कोशेली ‘लुखुर लुखुर’ बजारमा आउने भएको छ ।

‘लुखुर लुखुर’ बोलको गीतमा गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर, बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहने छ । जसको छायांकन सम्पन्न भइसकेको र सम्पादनको काम तिब्र गतिमा अघि बढेको निर्माण युनिटले जनाएको छ ।

लामो समयदेखि बेलायतमा रहेर म्यूजिक भिडियो निर्माण र निर्देशन गर्दै आएका गीतकार थापा नेपाल आएको मौकामा काठमाडौँका रमणीय स्थानमा २ दिन लगाएर लुखुर लुखुर बोलको गीतको छायांकन सम्पन्न गरेका हुन् ।

बेलायतबाट भर्चुअल माध्यमबाट भिडियो निर्माण गरेर नेपाली सांगीतिक क्षेत्रलाई अतुलनीय योगदान दिएका निर्देशक थापा नेपाल आएसँगै निकै उत्साहित देखिँदै फिल्डमा आफ्नो कला कौशल देखाइरहेका छन् । निर्देशक थापाले लुखुर लुखुर चर्चित अभिनेता विल्सन बिक्रम राई, बेदना राई, लोसीना लामिछाने, सागर खनाल, सौगात करनजीत, गंगा कुमारको अभनिय देख्न सकिन्छ । गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् ।

संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिगं रहने भिडियो जति सक्दो छिटो बजारमा ल्याउने गरी काम भइरहेको निर्देशक थापा बताउँछन् । सन्तु तामागंको मेकअप रहने भिडियो द रिल्स ईन्टरटेन्मेन्ट मार्फत बजारमा आउनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार