विवाह गर्दै अर्जुन कपुर र मलाइका अरोरा, ज्योतिषले गरे यस्तो भविष्यवाणी

२०७९ मंसिर २५, आईतवार १२:१८ बजे

काठमाडौं : बलिउडका चर्चित जोडी अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर अब विवाहको तयारीमा छन् । लामोसमयदेखिको प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने तयारी गरिरहेका छन् । अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइका अर्जुनको प्रेममा रहेकी हुन् । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर भाइरल बनेको थियो ।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । भारतिय मिडियाका अनुसार उनले अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारी गरेको बताएका थिए।

उनले भने ‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’ ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने समेत बताएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार