सुशांतको निधन पछि एक्ली भएकी रिया प्रेममा रहेको खुलासा

२०७९ मंसिर २५, आईतवार १२:३५ बजे

काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री हुन् रिया चक्रबर्ती । दिवंगत अभिनेता सुशांत सिंह राजपुत प्रकरणका कारण उनी निकै चर्चामा आइन् । सुशांतको प्रेमीकाको रुपमा चर्चामा आएकी उनले राजपुतको मृत्युपछि धेरै आरोप खेप्नुपर्यो । आरोपी मानेर केही समय उनी जेल जान समेत बाध्य भइन् ।

भारतिय मिडियाका अनुसार सुशांतको मृत्यु भएको लामो समय पछि उनी फेरी प्रेममा परेकी छन् । उनी एक चर्चित व्यापारीको प्रेममा रहेकी बताइएको छ । उनका प्रेमी एक ठ्रला र ट्यालेलेन्टड म्यानेजमेन्ट कम्पनीका मालिक हुन् ।

सुसान्तको अचानक मृत्युपछि एक्ली बनेकी रिया अहिले खुशी छिन् । व्यापारी अभिनेत्री सीमा सहजेदका भाइ बन्टी सहजेद रहेका छन् । सीमा सलमान खानकी पूर्व भाइ बुहारी हुन् । उनले सोहेल खानसँग केही समय पहिले अलग भएकी थिइन् । उनलेआफ्नो सम्बन्धलाई पूर्ण रूपमा गोप्य राख्न चाहन्छिन् । तर पछिल्ला केही वर्षहरूमा रियाले आफ्नो व्यक्तिगत कुरा खोल्न थालेकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार