टेलिभिजन उद्योगकी यी चर्चित अभिनेत्रीलाई आफ्नै छोराले ब्याटले हानेर गरे हत्या, शव बाकसमा हालेर जंगलमा फ्यालेको खुलासा

२०७९ मंसिर २५, आईतवार १२:५१ बजे

काठमाडौ : टिभि उद्योगकी चर्चित तथा दिग्गज अभिनेत्री वीणा कपुरको बारेमा एउटा ठूलो र हृदयविदारक खबर बाहिर आएको छ । नायिकाको घरमै हत्या भएको बताइएको छ तर चकित पार्ने कुरा के छ भने हत्या अरु कसैले नभई अभिनेत्रीका छोराले गरेका हुन् । अभिनेत्रीका छोराले आमामाथि बेसबल ब्याटले आक्रमण गरेपछि अभिनेत्रीको मृत्यु भएको थियो ।

त्यसपछि छोराले आमाको शव एउटा बाकसमा लुकाएर जंगलमा फालेका थिए । यो खबर बाहिर आएपछि सबैको होश उडेको छ कि छोराले यस्तो काम कसरी गर्न सक्छ रु वास्तवमा केही दिनअघि जुहुमा एक महिलाको हत्यापछि शव भेटिएको खबर सामाजिक सञ्जालमा तिब्र गतिमा फैलिएको थियो, त्यसपछि अहिले उक्त शवको बारेमा जानकारी आउन थालेको छ कि यी महिला ७४ वर्षकी हुन् ।

उनै अभिनेत्री वीणा कपूर ९कपुर०को हत्या गरी उनको शव फालिएको थियो । यसैबीच अभिनेत्री निलु कोहलीले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो जानकारी शेयर गरेकी छिन् । अभिनेत्रीले बलिउड पापाराजी भाइरल भयानीको इन्स्टाग्राम पोस्ट साझा गरेर वीणा कपूरलाई श्रद्धांजलि अर्पण गरेकी छिन्।

यससँगै फिल्म उद्योगसँग जोडिएका धेरैले पनि यो पोस्टमा आफ्नो प्रतिक्रिया दिएका छन् । अभिनेत्री वीणा कपुरका ४३ वर्षीय छोरा सचिन कपुरले जमिनको विवादमा उनको हत्या गरेको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार