काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु

२०७९ मंसिर २५, आईतवार १३:०३ बजे

काठमाडौं : काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्‍यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार