नेपालमा स्वाट्टै घट्यो जन्मदर

२०७९ मंसिर २५, आईतवार १३:१४ बजे

काठमाडौं : नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे ।

यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो । यस्तै, सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१ प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार