जर्सी टापुमा विस्फोट : ३ जनाको मृत्यु, १२ व्यक्ति बेपत्ता

२०७९ मंसिर २५, आईतवार १३:४५ बजे

काठमाडौ : शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटनाबारे जनाकारी गराएको हो। स्थानीय समयअनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो।

राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूले घटनास्थलमा पुगेर उद्धार कार्य अगाडि बढाएको जानकारी दिए। उक्त तीनतले भवन ‘पूर्ण रूपमा भत्किएको’ र वरपरको दृश्य हृदयविदारक देखिएको थियो। बेपत्ताको खोजी र उद्धार तीव्र बनाइएको स्मिथले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार