
काठमाडौं : फ्रान्सको घरेलु लिग च्याम्पियन पेरिस सेन्ट जर्मन–पीएसजीका तीन महत्वपूर्ण खेलाडीका राष्ट्रिय टोली जारी कतार विश्वकपको सेमिफाइनल पुगेका छन्।
केलियन एमबाप्पेको फ्रान्स, लियोनल मेस्सीको अर्जेन्टिना र असरफ हाकिमीको मोरक्को सेमिफाइनल पुगेका छन्। एमबाप्पे र मेस्सी जारी विश्वकपका शीर्ष दुई सर्वाधिक गोलकर्ता पनि रहेका छन्।
हाकिमी र मेस्सी सन् २०२१ म पीएसजीमा आबद्ध भएका हुन्। एमबाप्पे सन् २०१८ देखि पीएसजीमा रहेका छन्। यो सिजन घरेलु लिगमा एमबाप्पे १२ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्।
मेस्सीले ७ गोल र १० असिस्ट गरेका छन्। एमबाप्पेले गरेका धेरै गोलमा मेस्सीकै असिस्ट रहेको छ। हाकिमीले ३ गोल र एक असिस्ट गरेका छन्। पीएसजीका अर्का महत्वपुर्ण खेलाडी नेमारको टोली ब्राजिल भने विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन। नेमारले यो सिजन घरेलु लिगमा ११ गोल र ९ असिस्ट गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।