‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने

२०७९ मंसिर २५, आईतवार १४:५० बजे

काठमाडौं : सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।

अवार्ड समारोहमा नेपाल सरकारका बिशिष्ट व्यात्ति र २०० बढि पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ ।

सक्रिय रुपमा पत्रकारिता गरिरहेका १० हजार बढि पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रो पटक नेपाल मिडिया अवार्ड २०७९ आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले बताए । पहिलो सिजनमा भएका गल्तीहरु सच्याउँदै यसपटक विवाद रहित बनाउन लागि परेको सञ्चालक जिसी बताउँछन् ।

नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामाग्री [email protected] मा पठाउन आव्हान गरिएको छ ।कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहाने सम्पुण पत्रकारहरुले आफ्नो स्टोरी सहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे ।

२५ मध्ये यसवर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एक जना बरिष्ट पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ ।मिडिया अवार्डमा सहभागी बन्न चाहने देशैभर कार्यरत पत्रत्रकारहरुले पौष २० गते भित्र आफ्ना प्रकाशित तथा प्रसारित सामाग्री इमेलमा पठाई सक्नु पर्नेछ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामाग्रीलाई सञ्चार विज्ञसहितको ३ सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।

गत बर्ष लाइफ इन्सुरेन्स नेपाल (एलआईसी) मुख्य प्रायोजक रहेको नेपाल मिडिया अवार्डमा यसबबर्ष पनि थुप्रै कर्पोरेट हाउससँग प्रायोजकको लागि सम्झौताको तयारी भैरहेको छ ।

अवार्ड समारोहलाई भव्य र सव्य बनाउन कुनैपनि कमिकमजोरी नराखिने आयोजक संस्थाको तयारी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार