
काठमाडौं : फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म सम्झिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, “यो हारपछि म मानसिक रूपमा भाँचिएको छु। यो हारले मलाई सबैभन्दा बढी चोट पुर्याएको छ। यो दुखको कुरा हो तर म यो हारलाई लामो समयसम्म सम्झिरहनेछु।”
“मैले खेल सकिएपछि १० मिनेटसम्म सोच्न सकिन, मलाई पक्षाघात भयो र त्यसपछि म रुन थालेँ।” उनले थप लेखेका छन्, “हामी अन्तिमसम्म लड्यौं। मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन। हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन।”
नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।