नेप्से १९ सय विन्दुभन्दा तल झर्‍याे, बजार राताम्मे

२०७९ मंसिर २५, आईतवार १५:३७ बजे

काठमाण्डाै : हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीकाे ३५ लाख १२ लाख कित्ता शेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नदिप लघुवित्तको शेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार