
ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वाड नं ७ सुरुमखिमको अम्बाटारमा रहेको चमेरे गुफाको प्रचार प्रचारको लागि आजबाट प्रथम महोत्सव शुरु भएको छ ।
चमेरे गुफाको संरक्षण गर्ने, पर्यटन प्रबर्द्धन र विकास गर्ने उद्देश्यका साथ प्रथम चमेरे गुफा महोत्सव सञ्चालन गरिएको सञ्चालन समितिका अध्यक्ष अविचन्द्र लिम्बूले जनकारी गराए ।
महोत्सवमा आजदेखि २८ गतेसम्म पुरुष फुटबल र विभिन जातीय नृत्य समेत रहेको लिम्बुले जानकारी दिए । महोत्सव चमेरे गुफा पर्यटकीय संरक्षण तथा सम्र्बद्धन नवजागृती समूहले आयोजना गरेको हो ।
हिमाल जिल्ला ताप्लेजुङ एक पर्यटकीय स्थल भएकाले पनि यो गुफाको संरक्षण गर्न आवस्यक रहेको अध्यक्ष लिम्बुको भनाइ रहेको छ । सिङ्गो पालिका मात्र नभइ जिल्लाकै पर्यटकिय क्षेत्रको विकासमा टेवा पुग्न सक्ने भन्दै गाउँपालिकाले यस क्षेत्रको प्रचारप्रसार गर्न आवस्यक रहेको बताएको छ ।
पर्यटकीय क्षेत्रमध्ये यो ठाँउलाई पनि पर्यटनको गन्तव्य बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको लिम्बुले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।