आमाले खाएको खानाबाट गर्भमा रहेको भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुको निष्कर्ष

२०७९ मंसिर २५, आईतवार १५:५४ बजे

एजेन्सी : आमाले खाएको खानाबाट गर्भमा रहेका भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ । साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा आमाले गाँजर खाँदा गर्भमा रहेको भ्रूण प्रशन्न भएको र आमाले केलको साग खाँदा ठुस्स परेको उल्लेख छ ।

एक सय जना गर्भवतीमा गरिएको परीक्षणमा आमाले खानेकुरा खाएको २० मिनेटपछि भ्रूणको प्रतिक्रिया देखिएको छ । केही नखाएका आमाको गर्भमा रहेका भ्रूणले भने प्रतिक्रिया नजनाएका रिपोर्टमा उल्लेख छ । आमाले खाएका खानाका कारण गर्भमा भ्रूणहरु वरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुनसक्ने विज्ञहरुले बताएका छन् ।

आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा यसअघिका अनुसन्धानहरूबाट थाहा पाएको भए पनि स्वाद लिने कुरा पहिलोपटक थाहा भएको अनुसन्धान टोलीकी प्रमुख नादिया राइस्लान्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । शिशुहरुले सामान्यतया १४ हप्तापछि स्वाद थाहा पाउने उहाँले बताउनुभयो । यो अध्ययन जन्मने बच्चामा खानेकुराको बानी पार्नको लागि महत्त्वपूर्ण हुने वैज्ञानिकहरुको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार