इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

२०७९ मंसिर २५, आईतवार १७:१४ बजे

काठमाडौं : कमलपोखरी स्थित इस्लिब्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, BA (Hons) Business Administration and BSc (Hons) Multimedia Technologies का ८५७ जना विद्यार्थी सहभागि भएका छन्।

दिक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत,MSc IT and Applied Security विषयका ७२ जना विद्यार्थी दिक्षीत भएका छन् ।समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटि तह पुरा गर्ने ८३५ विद्यार्थी
गरी जम्मा ९२९ विद्यार्थी दिक्षित भएका छन्।

कलेजले शनिबार र आइतबारका दिन दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट
नेपाल ग्रुपद्धारा सञ्चालित छ ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका उप–कुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिब्टन कलेज उत्कृष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो–यो महत्वपुर्ण अवसरमा सबै विद्यार्थीको सुखदभविश्यको शुभकामना दिन चाहन्छु ।

दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाईयाबकिबमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले दिक्षित विद्यार्थीहरुको उज्वल भविश्यको शुभकामना दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार