सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट

२०७९ मंसिर २५, आईतवार १८:५१ बजे

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौँ मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार