
काठमाडौं : नबिल बैंकले वम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकको आज बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय नेपाल राष्ट्रले स्वीकृत गरेपछि र आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।