कारबाहीबाट जोगिन धमाधम राजीनामा

२०७९ मंसिर २६, सोमबार ०६:५१ बजे

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ। आन्तरिक बढुवाका लागि निर्धनका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि राजीनामा दिनेको सङ्ख्या बढेको हो।

आइतबारसम्ममा सहायक महाप्रबन्धक राजनारायण दासदेखि सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका छन् । कर्मचारीले बढुवाका लागि छिमेकी भारतबाट अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको छ। त्यसरी भारतबाट अध्ययन गरिएका भनिएका शैक्षिक प्रमाणपत्रको त्रिभुवन विश्वविद्यालयबाट ‘इक्वुभ्यालेन्टस’ नगरिएको राष्ट्र बैंकले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार