ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक समिति सदस्यमा अचुत ओझा चयन

२०७९ मंसिर २६, सोमबार १०:३३ बजे

काठमाडौं : ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक समिति सदस्यमा अचुत ओझा चयन भएका छन् । ग्रोथ ग्रुप अन्तर्गत संचालनमा रहेका ग्रोथ मल्टिप्रपोज कम्पनी प्रा.लि र ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको शनिबार सम्पन्न वार्षिक साधारण सभाले ओझासहित गणेश बजगाई र शशि मरहठ्ठालाई सर्वसम्मत सदस्यमा चयन गरेको हो ।

काठमाडौंको अर्किड क्याफे ढुंगेधारामा सम्पन्न साधारणसभाले मल्टिप्रपोज कम्पनी प्रा.लि र ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको छ ।

दुबै कम्पनीले आफ्नो संचालक समितिलाई एक अर्कोमा विलयको लागि अधिकार दिने निर्णय पारित गरेको छ । विलयपछि ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड नामाकरण हुनेछ भने कम्पनीको पुँजी तीन करोड हुने भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार